FLASH NEWS
  • Loading...

बन्दरगाह नबाउन माग गर्दै चोभारका स्थानीयबासी बिरोधमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९५ पटक पढिएको
बन्दरगाह नबाउन माग गर्दै चोभारका स्थानीयबासी बिरोधमा

काठमाडौं ।बन्दरगाह नबाउन माग गर्दै चोभारका स्थानीयबासीले आन्दोलन गरेका छन् ।  सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका छन् । प्रधानमन्त्री केही शर्मा ओलीकै सहभागितामा हुन लागेको शिलान्यास कार्यक्रममा विरोध गर्न पुगेका करिब ३५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ । चोभारका स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्‍याएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन् । उनीहरुले कारखानाका कर्मचारीले अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्ने माग पनि गरेका छन् । चोभार क्षेत्रका रहेका सम्पदालाई बेवास्ता गर्दै बन्दरगाह निर्माण गर्न नहुने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित