FLASH NEWS
  • Loading...

सडक र संसदबाट सरकारविरुद्ध संघर्ष गर्ने कांग्रेसको चेतावनी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताहरूका नाममा रहेका संस्थाहरू बन्द गराउने काममा सरकार अगाडि बढेको भन्दै आपत्ति जनाएको छ। उसले प्रतिपक्षी दललाई पेलेर जाने सरकारको रबैया कायम रहे भने कांग्रेसले सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने चेतावनी दिएको छ। संघीय संसद राष्ट्रियसभाको आज को बैठकमा कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति  गम्भीर आपत्ती जनाउदै निर्णय सच्याउन माग गरेको छ। स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले मन्त्रीपरिषद् बैठक मार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेबारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ती जनाएको हो। ती दुई संस्थाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने दाबी कांग्रेसले गरेको छ। राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरि सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ती जनाएका हुन्। कांग्रेसले निर्णय पुर्नविचार गर्न माग गर्दै त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेको छ। दुई संस्थालाई केन्द्रको मातहत राख्ने र केन्द्रीय सरकारले नै संञ्चालन गर्ने व्यवस्था नभए संसद भित्र र बाहिर संघर्ष गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित