FLASH NEWS
- Loading...
राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा
- गोल्डेन खबर
- ६ साल अघि
- १०० पटक पढिएको
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गरेका थिए । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी को(दोस्रो संशोध) विधेयक, २०७५’ सभासमक्ष पेश गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले ‘विज्ञापन (नियमन गर्) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरेको हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी(पहिलो संशोध) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरेका हुन्।
प्रतिक्रिया दिनुहोस