FLASH NEWS
  • Loading...

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : कांग्रेस नेता महत

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०६ पटक पढिएको
गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत  : कांग्रेस नेता महत

सुर्खेत ।  नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गरे  । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेस थियो”, उनले भने , “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।” उनले अगाडि भने, “बहुलवादमा विश्वास गर्ने पार्टी कांग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु ९०० अर्ब राजश्वमा वृद्धि हुनु, तत्कालीन चार हजार गाविसमा स्वास्थ्य सेवा पु¥याउनु र १६ लाख हेक्टर जमीनमा सिँचाइ हुनुमा काङ्ग्रेसको देन रहेको नेता महतको भनाइ थियो । आफू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा आर्थिक सल्लाहकार र पछिल्लो पटक विभिन्न सरकारमा अर्थमन्त्री हुँदा मध्यपश्चिमलाई केन्द्रबिन्दुमा राखेर विकास दिएको उनको जिकिर थियो । कार्यक्रममा कांग्रेस नेता डा चन्द्र भण्डारीले कांग्रेस पार्टी नभई पाठशाला हो भने । नेतृत्वको कारण पार्टी कमजोर भए पनि यो मुलुकमा कम्युनिष्टबाट देश विकासको आशा गर्न नसकिने उनको टिप्पणी थियो । भेटघाट कार्यक्रममा कांग्रेसका कर्णाली प्रदेश, क्षेत्रीय तथा जिल्ला सभापति र यस निकट विभिन्न भ्रातृ सङ्घ÷सङ्गठनका प्रमुखको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित