FLASH NEWS
  • Loading...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९० पटक पढिएको
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भन्दै आर्थिक र नीतिगत भ्रष्टाचारको विषयमा छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा।डा। भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा। विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विराज भट्टले आर्थिक र नीतिगत भ्रष्टाचार गरेको आरोप छ । उनीहरुले कार्यकारी परिषदको निर्णय विपरित काम गरेको, पदीय जिम्मेवारीविपरित काम गरेर विश्वविद्यालयलाई हानी पुर्‍याएको, इमान्दारीपूर्वक काम गरेको लगायतका आरोप छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक प्रशासनिक बाहेकका अन्य कुनै पनि काम नगर्न निर्देशनसमेत दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित