FLASH NEWS
  • Loading...

भूगोल पार्कमा स्मृति सभा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२९ पटक पढिएको
भूगोल पार्कमा स्मृति सभा

काठमाडौं  ।  गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्ने बताएका छन् ।  विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज काठमाडौंमा आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापा अप्रत्याशित जोखिमबाट बच्ने बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो भने। सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गर्दै आगामी दिनमा कामपासँग स्वीकृति नलिइ सरकारी र निजी भवन बनाउन नपाइने बताए । महानगर विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीवता पाइरहेको जानकारी दिए । विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अवका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग राख्न यो दिवस मनाउने गरिएको छ । सुरक्षित बस्ती निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यले विसं २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सोही अवसरमा गृहमन्त्री थापा र महानगरका प्रमुख शाक्यले महानगर विपद् व्यवस्थापन विभागले प्रकाशन गरेको टेलिफोन सम्पर्क पुस्तीका सार्वजनिक गरेका छन्। यस वर्षको नारा “विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार सङ्घ, प्रदेश र स्थानीय सरकार” रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित