FLASH NEWS
  • Loading...

कामदारको निःशुल्क जीवन बीमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११४ पटक पढिएको
कामदारको निःशुल्क जीवन बीमा

घोराही ।  दाङमा रहेको टी मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताए ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १५ वर्षे जीवन बीमाअन्तर्गत टी मार्टले कामदारको एक एक लाखका दरले बीमा गरिएको उनले बताए । बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम टी मार्ट आफैँले बुझाउने गरेर बीमा गरिएको हो । जीवन बीमा गरेका कर्मचारी सडक दुर्घटना होस् या अन्य दुर्घनामा परी घाइते भएमा बीमा कम्पनीले उपचारस्वरुप दोब्बर रकम उपलब्ध गराउने हुँदा बीमा गरिएको उनले जानकारी  दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित