FLASH NEWS
  • Loading...

लागुऔषध कारोवारी पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • २०० पटक पढिएको
लागुऔषध कारोवारी पक्राउ

काभ्रेपलाञ्चोक ।  प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता ९७५० चक्की झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका ७ स्थित मङ्गलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका ३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट सो लागुऔषध प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको बताए । । यस्तै बनेपास्थित इलाका प्रहरी कार्यालयले पनि विभिन्न मितिमा नाइट्राभेट लागुऔषधसहित सातलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी  दिए । उनका अनुसार यही पुस १३ गते र १७ गते बनेपाका विभिन्न स्थानबाट कारोवार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । सातजनाबाट नाइट्राभेट १७० पत्ता ९२५५० चक्की बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी  दिए। चालू आवको पुस तेस्रो हप्तासम्म १० वटा लागुऔषध कारोवार घटनामा १४ र गत आवमा१२ वटा लागुऔषध कारोवार घटनामा १६ लाई लागुऔषधसम्बन्धी मुद्दा चलाइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित