FLASH NEWS
  • Loading...

दीर्घकालीन योजनालाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९४ पटक पढिएको
दीर्घकालीन योजनालाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने  बताएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले भ्याउने खालका योजना छनोट गर्नुपर्ने बताए ।

उनले छोटो समयको भन्दा कम्तीमा २० वर्षे अवधिका योजना बनाउन सुझाव दिँदै राष्ट्रियस्तरका योजना सङ्घीय, प्रदेशस्तरका योजना प्रदेश सरकारले र सानातिना स्थानीय तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए । मिल्सिनाले विकासको नयाँ ढाँचा बनाएर काम थाल्नुपर्ने बताउँदै समृद्धिको अभियानलाई सफल पार्न तिनै तहका सरकारबीच समन्वय गरेर एकीकृत विकासको ढाँचाबाट अघि बढ्नुपर्ने बताए। उनले रणनीतिक, आवधिक र वार्षिक योजनालाई छुट्टाछुट्टै प्राथमिकता दिनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित