FLASH NEWS
  • Loading...

सरकारले स्पष्ट नीति, योजना साथ काम गर्छ : प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
सरकारले स्पष्ट नीति, योजना साथ काम गर्छ : प्रधानमन्त्री

कठमाडौं ।  मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।  प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरे । उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा पनि गरे । कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्षभित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ ।

आज काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले सरकार ‘कठैबर’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने  दावी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित