FLASH NEWS
  • Loading...

३०० वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
३०० वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने उनले बताए ।
काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित