FLASH NEWS
- Loading...
३ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा। चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो । तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई बंगलादेशका लागि राजदूत नियुक्त गरेको थियो । तीन राजदूतलाई स्वदेश फिर्तीका लागि बढीमा तीन हप्ताको समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस