- Loading...
शिव सेनाका प्रमुखद्धारा नरेन्द्र मोदीको कडा आलोचना
- गोल्डेन खबर
- ६ साल अघि
- १५५ पटक पढिएको
भारत । भारतीय राजनीतिमा राफायल घोटाला प्रमुख रुपमा उठ्दै आएको छ । यहि क्रममा शिव सेना प्रमुख उद्धव ठाकरेले राफायल प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेका छन् । यसअघि कांग्रेससहितका विपक्षीले राफायल प्रकरणलाई लिएर मोदी सरकारको आलोचना गर्दै आएका थिए ।
शिव सेना सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सहयोगी पार्टी हो । तर एक भाषणको क्रममा शिव सेनाका प्रमुख ठाकरेले कांग्रेस प्रयोग गर्दै आएको भाषाशैली नै अपनाए ।ठाकरेले आफ्नो सम्बोधनको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रयोग गरेकै जस्तो ‘चौकिदार नै चोर हुन्’ भन्ने उद्धरण दोहर्याएका छन् ।
हिन्दुत्वको मुद्दाका कारण एकअर्काका सहयोगी रहँदै आएको शिव सेनाका प्रमुख ठाकरेले प्रधानमन्त्री मोदीले उखान–टुक्का प्रयोग गरेर वाचा मात्रै गर्ने गरेको प्रति पनि आलोचना गरे । प्रधानमन्त्री मोदीले केही समयअघि सन् २०२२ सम्ममा आय दोब्बर गर्ने बताएका थिए । चुनावपछि मोदीले यसलाई पनि आफ्नो उखान–टुक्काबाजी मात्रै गरेको बताउने ठाकेरेले दाबी गरे ।