FLASH NEWS
- Loading...
फेरि राजपालाई सरकारको पुरानै आश्वासन
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । राजपाका नेताहरु पुरानै आश्वासन लिएर लिएर बालुवाटारबाट फर्किएका छन् । संविधान संशोधन गर्ने सरकारको प्रतिबद्धता सम्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका राजपाका नेताहरु पुरानै आश्वासन पाएका छन् । दसैँंअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छठपछि सम्म पनि संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी राजपाले दिएको थियो । दसैंअघि पार्टीभित्र र अरु दलसँग छलफल गरेर संविधान संशोधनको प्रस्ताव तयार पार्ने प्रतिबद्धता जनाएर राजपाका नेतालाई बालुवाटारबाट बिदाइ गरेका ओलीले तीन महिनापछि पनि उस्तै आश्वासन दिएर फर्काएका छन् । आज बिहानको भेटमा पनि प्रधानमन्त्री ओलीले यसअघिकै जस्तो आश्वासन दिएको अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस