- Loading...
मुख्यमन्त्री आदित्यनाथलाई भेट्न महासंघको टोली लखनऊ
- गोल्डेन खबर
- ६ साल अघि
- १०४ पटक पढिएको
नेपालगञ्ज । भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघको एक टोलीलखनऊ गएको छ। महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यसहितको आठ सदस्यीय टोली लखनऊ गएको हो। महासंघका केन्द्रीय सदस्य श्रेष्ठले बोर्डरमा देखिएका समस्याका बारेमा कुरा गर्न टोली लखनऊ हिडेको बताए। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेर नेपालगञ्जलगायत यस प्रदेशसँग जोडिएका नाकामा देखिएका समस्याका बारेमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।नेपालगञ्ज नाकाबाट ठूलो मात्रामा जडीबुटी भारततर्फ निकासी हुन्छ । उत्तर प्रदेश सरकारले ट्रान्जिट पासको व्यवस्था गरेपछि जडीबुटी व्यवसायीहरुले समस्या भएको बताउदै आएका छन् । महासंघको टोलीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग यस विषयमा पनि कुरा गर्ने श्रेष्ठले जानकारी दिए।नेपालगञ्जमा बन्ने भनिएको सुख्खा बन्दरगाह अलपत्रजस्तै भएको छ । भारतले चासो नदेखाएकाले यसको काम द्रुतगतिमा अगाडि बढ्न सकेको छैन। महासंघको टोलीले यस विषयलाई पनि उठाउने जनाएको छ। उत्तरप्रदेशसँग जोडिएको सबैभन्दा ठूलो नाका नेपालगञ्ज भएकाले भन्सारमा देखिएका समस्याका बारेमा मुख्यमन्त्री आदित्यनाथसँग छलफल गर्ने महासंघकी अध्यक्ष राणाले बताइन् ।