- Loading...
नेकपा बैठक : ओली– दाहालको प्रतिवेदनमाथि छलफल सकियो
- गोल्डेन खबर
- ६ साल अघि
- १०४ पटक पढिएको
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी समितिको जारी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरे राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आजबिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो। छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै अपरान्ह बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले दिनेछन्। अध्यक्षद्धयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। अपरान्ह पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने वरिष्ठ नेता खनालले बताए।