- Loading...
स्थानीय तहले राष्ट्रिय शिक्षा नीति अनुशरण गर्नु पर्दछ : प्रधानमन्त्री
- गोल्डेन खबर
- ५ साल अघि
- १३५ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महँगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयले पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्न आग्रह गरेका छन् । नेपाली विद्वान् पुर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययन गर्ने अवसर नपाउँदापछि परेको बताए।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बूढानीलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्धाटन गर्दै प्रधानमन्त्री ओलीले अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको बताए। अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएकाले राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीतिअनुरूप कै नीति तय गर्नुपर्ने बताएका छन्।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बूढानीलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्धाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएकाले राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्नेमा जोड दिए ।