FLASH NEWS
  • Loading...

शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११९ पटक पढिएको
शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धी समसामयिक विषयमा छलफल गरेकी छन्। राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी थिए । सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभएको छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । “सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ”, उनले भनिन् ।
छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक रहेको बताए । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित