- Loading...
नेकपाका दुई अध्यक्षबीच फाटो ल्याउन खोज्दैछन् स् प्रधानमन्त्री ओली
- गोल्डेन खबर
- ६ साल अघि
- ९८ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने स्पष्ट पारे । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोड्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको बताए । छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कँदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भैरहेको दाबी पनि गरे । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भैरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौती सार्ने निर्णय भए पनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।