- Loading...
इपिएल : विराटनगर वारियर्सद्धारा पोखरा राइनोज पराजित
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वा्धिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२÷१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए ।
पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान दुई÷दुई विकेट झारे । त्यसअघि पोखराले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो । पोखराका पाउल कलीनले सर्वा्धिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले दुई विकेट लिए । जितसँगै विराटनगरले दुई खेलबाट चार अङ्क जोडेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।