FLASH NEWS
  • Loading...

एनआरएनलाई नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२७ पटक पढिएको
एनआरएनलाई नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

हंकङ। ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले आग्रह गरेका छन् । एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सहि दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे ।

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पचिान गर्न पनि सहयोग गर्ने बताए । कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाई थियो ।  अव नेपालको राजनीति अस्थितरतामा जाँदैन भन्ने कुराको उदाहरण तीन तहको चुनावले दिइसहेको उनको भनाई थियो ।

२८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकार लागेको बताए । त्यसका लागि एनआरएन एउटा सहयोगी संस्था हुन सक्ने उनको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित