FLASH NEWS
  • Loading...

एउटै बाख्राले पायो ६ पाठापाठी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ११९ पटक पढिएको
एउटै बाख्राले पायो ६ पाठापाठी

लमही । दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो ।तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताए ।बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताए । उनका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित