- Loading...
एघार अर्ब बराबरको धितोपत्र सूचीकृत
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ ।
स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् । यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका चार÷चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् । स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।