- Loading...
नौ स्थानीय तहका ५४ वडा सचिवविहीन
- गोल्डेन खबर
- ६ साल अघि
- १०३ पटक पढिएको
बाजुरा । बाजुराका अधिकांश स्थानीय तह वडा सचिव विहीन भएको छ । जिल्लाका नौ स्थानीय तहका ५४ वटा वडामा सचिव विहीन भएको हो । वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता छ । हालसम्म पनि वडा सचिव वडा कार्यालयमा नपठाइँदा वडाका काम पनि नगरपालिकाबाटै गर्नु परेको हुँदा काममा निकै चाप थपिएको बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए । एक सचिवले दश वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उनको भनाइ छ । वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत असहजता भरहेको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाहीले बताए ।