- Loading...
चिनिया वाणिज्य दूतावासमा आक्रमण, दुई प्रहरीको मृत्यु
- गोल्डेन खबर
- ६ साल अघि
- ११९ पटक पढिएको
काठमाडौँ । पाकिस्तानको कराची स्थित चिनिया वाणिज्य दूतावासमा भएको हमलामा दुईजना प्रहरीको मृत्यु भएको छ । घटनामा एक सर्वसाधारण घाइते भएका छन् ।पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार घटनामा एकजना बन्दुकधारीको पनि ज्यान गएको छ ।स्थानीय बासिन्दाका अनुसार शुक्रबार बिहानै चिनिया बाणिज्य दूतावासमा आक्रमण भएको हो । बन्दुकधारीहरुले लगातार फायरिङ्ग गरेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो ।उनीहरुले सुरुमा बम पड्काएका थिए भने त्यसपछि फायरिङ्ग गरेका थिए । आक्रमणमा दुई जना प्रहरीको मृत्यु भएपनि वाणिज्य दूतावासमा रहेका सबै अधिकारीहरु सुरक्षित रहेका छन् । घाइते भएका केही प्रहरीलाई उपचारका लागि अस्पताल लगिएको छ ।अहिले वाणिज्य दूतावासतर्फ जाने सबै सडकहरु बन्द गरिएका छन् । अलगाववादी संगठन बलोच लिबरेशन आर्मीले हमलाको जिम्मेबारी लिएको छ ।गठनका प्रवक्ताले यो हमलामा आफ्ना तीनजना सदस्य सहभागी भएको र चीनलाई चेतावनी दिन हमला गरिएको बताएका छन् ।