- Loading...
सरकारद्धारा वैदेशिक रोजगार ठगी नियन्त्रण अभियान सञ्चालन,१ अर्ब ५२ करोडको उजुरी
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम फछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ । वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौंसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो ।
गत आर्थिक वर्षसम्म २ हजार १२९ जना पीडितले १ अर्ब ५२ करोड रूपैयाँ बराबरको दाबीसहित दिएको उजुरी माथि कारवाही नभएपछि मन्त्रालयले सो निर्देशन दिएको हो । पीडितले उजुरी दिएको लामो समयसम्म पनि सुनुवाई नभएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले बुधबार विभागको अनुगमन गरी पीडितलाई तत्काल न्याय दिन निर्देशन दिएका छन् ।गत आवसम्म विभागमा दर्ता भएका २ हजार १२९ उजुरीका लागि १ अर्ब ५२ करोड रूपैयाँको दाबी रकम मध्ये २० करोड १९ लाख रूपैयाँ मात्र पीडकबाट बिगो भराइएको छ ।
विभागमा संस्थागत भन्दा व्याक्तिगत उजुरी धेरै परेका छन् । गत आवमा संस्थागत अर्थात् म्यानपावर कम्पनीका उजुरी १ हजार २० र व्यक्तिगत उजुरी १ हजार १०९ वटा दर्ता भएको विभागले जनाएको छ । बिभागमा संस्थागततर्पm ७६ करोड ८३ लाख र व्यक्तिगततर्पm ७५ करोड ३७ लाखको उजुरी परेको छ ।वैदेशिक रोजगारीका क्रममा विभागमा विगत लामो समयदेखि परेका उजुरीमाथी सुनुवाई नभएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले उजुरीको कारवाही बढाउन निर्देशन दिएका छन । मन्त्रालयको जिम्मेवारी सम्हालेको ९ महिनापछि विष्टले विभागको अनुगमन गर्दै पीडितलाई न्याय दिन निर्देशन दिएका हुन् । अनुगमनमा गएका मन्त्री बिष्टले उजुरी दिन आएका पीडितसँग भेटर उनीहरूका समस्याका विषयमा जानकारी लिई कारवाही अघि बढाउन निर्देशन दिएका थिए ।
मन्त्रालयले राम्रो काम गर्ने कर्मचारी र म्यानपावर कम्पनीलाई पुरस्कृत गरिने जनाउँदै कामदारमाथि अन्याय गर्ने कर्मचारी तथा म्यानपावर व्यवसायीलाई कारवाही गरिने स्पष्ट पारेको छ । मन्त्रीसँगै विभागमा अनुगमन र छड्केमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सवै विकृति र अनियमिकता पहिचान गर्दै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिएको बताए । विभागमा विगत ४ महिनामा संस्थागत ४ सय ३४ उजुरी परेको थियो । जसमा विभागले ३६ वटा उजुरीको सुनुवाई गरेको छ । व्यक्तिगततर्फ ४ सय ३६ वटा उजुरी परेकोमा एक सय उजुरीको मात्रै फरफारक गरिएको छ ।
गोल्डेन खबर