FLASH NEWS
- Loading...
पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलियासँग ४ रनले भारत पराजित
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको
अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा भारत चार रनले पराजित भएको छ । अष्ट्रेलियाको ब्रिस्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले डकवर्थ एण्ड लुइसको नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो । उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लिनले ३७ तथा मार्कस स्टोइनिसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङतर्फ भारतका कुलदीप यादवले दुई विकेट लिए ।जवाफमा भारतले १७ ओभरमा झारिएको खेलमा सात विकेट गुमाउँदा एक सय ६९ रनमा रोकियो । उसका लागि शिखर धवनले ७६ तथा दिनेश कार्तिकले ३० र ऋषभ पन्तले २० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । जितसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ ।
गोल्डेन खबर
प्रतिक्रिया दिनुहोस