- Loading...
जाडोमा छालाको स्याहार कसरी गर्ने
- गोल्डेन खबर
- ६ साल अघि
- १३९ पटक पढिएको
काठमाडौं । मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, यस्तो समस्याबाट कसरी बच्ने र छालालाई सुख्खा हुनबाट कसरी
स्यहार गर्नुपर्छ ।
जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ ।
.जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
.खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ ।
.छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
.धेरै तातो पानीले सावरबाट सीधै ननुहाउने ।
.एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।
.कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
.नुहउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
.यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
यति गर्दा गर्दै पनि तपार्इंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।
गोल्डेन खबर