- Loading...
विकास समितिको बैठक कोरम नपुग्दा भयो स्थगित
- गोल्डेन खबर
- ६ साल अघि
- १०५ पटक पढिएको
काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको संघीय संसद अन्र्तगतको विकास समितिको बैठक कोरम नपुग्दा स्थगित भएको छ । बैठक स्थगित भएपछि सहभागि हुन आएका केही सांसदहरु सिंहदरवारभित्रै घाम तापेर बसेका छन् ।
समितिको बैठक बस्न ५१ प्रतिशत सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, मंगलबार निर्धारित समयभन्दा एक घण्टा ढिलो अर्थात् १२ बजेसम्म पनि ११ जना सांसदमात्रै आइपुगेका थिए । त्यसपछि बैठक अनिश्चितकालाका लागि स्थगित गरेको समितिका सभापति कल्याणी खड्काले घोषणा गरिन् । २६ सदस्यीय सो समितिमा १४ सांसद भए मात्रै बैठक बस्न मिल्छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार समितिमा मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका काम कारवाहीबारे जानकारी लिन प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बोलाएको थियो ।प्राधिकरणले पुनर्निर्माणमा भइरहेको जानकारी दिन समितिमा प्रजेक्टरमार्फत तयारी गरेपनि कोरम नपुगेर बैठक नबसेपछि ज्ञवालीसहितका प्राधिकरण कर्मचारी फर्किएका थिए ।
गोल्डेन खबर