FLASH NEWS
  • Loading...

नेतृ सुकीको सवौच्च सम्मान फिर्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११३ पटक पढिएको
नेतृ सुकीको सवौच्च सम्मान फिर्ता

काठमाडौं । एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनले् नराम्रो व्यवहार गरेको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो ।

नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला सुकी आफ्नै घरमा नजरबन्दमा थिइन् ।

७३ वर्षीया सुकीलाई दिइएको कुनै सम्मान फिर्ता भएको यो पहिलो घटना हो । एमनेस्टी इन्टरनेशनलका सचिव जनरल कुमी नाइडुले म्यानमारका नेतालाई पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित