FLASH NEWS
  • Loading...

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्तामा गर्न तयार

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०० पटक पढिएको
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्तामा गर्न तयार

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य ओमप्रकाश पुनले सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। सोमबार तुलसीपुरमा आयोजित कार्यक्रममा उनले संचारमाध्यममा आए जस्तो वार्ता विरोधी नभएको बताएका हुन्।

उनले हतियार उठाउने पक्षमा आफूहरू नभएको भन्दै आफूहरू शान्ति र समृद्धिको पक्षमा रहेको बताएका छन । उनले भाइ बहिनी काका गरेर आफ्नै परिवारका ११ जना सदस्य गुमाएकोले सबैभन्दा पीडित व्यक्ति आष्फु भएको बताएका छन ।

सरकारले शान्तिपूर्ण तवरले संगठन निर्माणमा जुटेकालाई पक्राउ गरी झुट्टा मुद्दा लगाएर जेलमा कोच्ने काम गरेका आरोप लागएका छन । पुनले हिंसात्मक संस्कृतिलाई शान्तिमा रुपमान्तर गर्न विमर्शको आवश्यक रहेको बताए। कम्युनष्टि पार्टी धर्म विरोधी नभई धर्म निरपेक्ष भएको भन्दै उनले लाखौँ जनावरलाई बली दिएर लोकको कल्याण नहुने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित