FLASH NEWS
  • Loading...

नेपाललाई एसिया छनोट ‘बी’को उपाधि

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९८ पटक पढिएको
नेपाललाई एसिया छनोट ‘बी’को उपाधि

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो ।
आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।

नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए ।

सिंगापुरको समान अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् ।

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई, कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित