FLASH NEWS
  • Loading...

टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०१ पटक पढिएको
टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं ।आईसीसी टी ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा शुक्रबार नेपाल र सिंगापुर खेल्दै छन् ।नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि सुरुहुने छ ।

दुवै टिमले छनोट प्रतियोगितामा अहिले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै शीर्ष दुई स्थानमा रहेका छन् । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।

यस प्रतियोगिताबाट शीर्ष तीन टिमले अर्को चरणमा स्थान बनाउने भएकाले नेपाल र सिंगापुरको विजेता पहिलो स्थानमा रहँदा पराजित हुने टिम दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाउने छ ।तर तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचमा कडा प्रतिस्पर्धा रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै ७ अंक जोडेको छ ।

 चौथो स्थानको मलेसियाले आज चीनसँग खेल्न लागेकाले आजको खेलमा चीनलाई पराजित गरेमा मलेसियाले दोस्रो चरणमा स्थान बनाउने छ ।यस्तै भुटान र म्यानमार पनि आजै भिड्दै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित