FLASH NEWS
- Loading...
दशैँ बिदामा पनि बन्दीप्रत्यक्षीकरण मुद्दा हेरिने
- गोल्डेन खबर
- ६ साल अघि
- १२२ पटक पढिएको
काठमाडौं । सर्वोच्च अदालतले दशैँ बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीश तोकेको छ । यस्तै, मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्था अनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्ने व्यवस्थाका लागि पनि अधिकार तोकिएको छ ।
असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने बताइएको छ । बन्दका अवधिमा बन्दीका मुद्दा र पक्राउ पुर्जी भने जारी हुनेछ । सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मुद्दा हेर्ने न्यायाधीश तोकिएको बताए । कालाखेतीका अनुसार विजया दशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म मुद्दा हेर्न न्यायाधीश तोकिनेछ ।
गोल्डेनखबर
प्रतिक्रिया दिनुहोस