FLASH NEWS
  • Loading...

दशैंमा ३० करोडको फलफूल आयात हुन्छ: कोषाध्यक्ष काशिराम सापकोटा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
दशैंमा ३० करोडको फलफूल आयात हुन्छ: कोषाध्यक्ष काशिराम सापकोटा

काठमाडौं । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायीहरुले बताएका छन ।
दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।

आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताएका छन । स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित