- Loading...
असन्तुष्टिलाई बहसको विषय नबनाउन माधवकुमार नेपाललाई प्रधानमन्त्रीको आग्रह
- गोल्डेन खबर
- ६ साल अघि
- १४७ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही सरकार ५ वर्ष चल्ने र यसैले नै ५ वर्षपछि चुनाव गराउने दावी गरेका छन ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर विहिबार स्वदेश फर्कीएका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षड्यन्त्र भैरहे पनि विकास र समृद्धिको बाटोमा सरकारले काम गरिरहेकाले सानातिना विरोधले कुनै असर नगर्ने दावी गरे ।
कम्युनिष्ट नेताहरुमा विरोधको स्वाभाव हुनु स्वभाविक भएको भन्दै उनले अबका दिनहरुमा झनै सरकार बलियो बनेर उभिने बताए । उनले पार्टीभित्र केही असन्तुष्टि प्रकट हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई झनै बलियो बनाएर अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बहसको विषय नबनाउन पनि आग्रह गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै नेता नेपालको असन्तुष्टिसम्बन्धी समस्या २ र ४ दिन भित्रै समाधान हुने प्रतिक्रिया दिए ।महासभामा सहभागी हुन प्रधानमन्त्री ओली असोज ६ गते शनिबार अमेरिकाको न्यूयोर्क जानुभएको थियो ।