FLASH NEWS
  • Loading...

ओली वा ! भ्रष्ट्राचारीको धन चोख्याउने र ?

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११० पटक पढिएको
ओली वा ! भ्रष्ट्राचारीको धन चोख्याउने र ?

काठमाडौं ।पछिल्लो समय नेपालमा श्रोत नखुलेका पैसाहरु अर्थात् दुई नम्वरी धन्दा , या भ्रष्टाचार गरी कमाएका धनहरुलाई चोख्याउन विभिन्न उद्योग व्यवसाय सञ्चालन गरि शुद्धिकरण गर्ने होड चलिरहेको छ ।
गलत तरिकावाट आर्जन गरिएका अकुत सम्पत्ति शुद्धिकरण अर्थात अण्डरग्राउण्ड मनि लाउण्डरिङको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव माथि भने प्रश्न चिन्ह खडा भएको छ ।

अव वन्ने सरकारका प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीले नयाँ सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका छन् । उनले एकपटकका लागि अण्डरग्राउण्ड मनीलाई शुद्धीकरण गरेर लगानीमा लाउन सकिने तर्फ सोच्न सकिने वताएपछि प्रश्न चिन्ह खडा गरिएको हो ।

Image result for lots of money in nepal

नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई आज सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै ओलीले उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।

कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको  प्रतिक्रिया दिएकाछन्  ।

अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क गर्दै ओलीले भने, मनी लाउन्डरिङ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउन्डरिङ नै भएन ।’

ओलीको प्रश्न छ लगानीलाई लाउन्डरिङ मान्ने कि नमान्ने? लाउन्डरिङको नयाँ परिभाषा के हो ? यदि हुँदैहुँदैन भने यो शब्द फेरिदिऊँ ।’

उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘लुकेको पैसा इन्भेस्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि ?’

उनले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् । ओलीले भने, एउटा कट अफ प्वाइन्ट मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिने र सरकारले कर लिने कि ? नत्र कोही क्यासिनोमा जान्छ ।’ भनेका छन् ।

विश्वमा मनी लाउण्डरिङलाई सामान्य विषय नभएर गम्भीर अपराधका रुपमा हेर्ने गरिएको छ । विशेषगरी आतंकवादीहरुले आर्जन गरेको सम्पत्ति शुद्धीकरण हुने गरेको र त्यसले आतंकवादलाई प्रश्रय दिएको भन्दै विश्वमा यस्तो कार्यलाई गम्भीर अपराध मानिएको हो ।

एफएटीएफले मनी लाउन्डरिङ रोक्न नेपालले उचित कानुनी प्रवन्ध नगरेको भन्दै कालोसूचीमा राख्ने र अन्तराष्ट्रिय व्यापार गर्न नदिने चेतावनी दिएको थियो । त्यसपछि नै नेपालले सम्पत्ति शुद्धीकरणलाई गम्भीर अपराध मान्न थालेको छ ।

स्मरणरहोस् नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् । यसका लागि पटकपटक लबिङ पनि भएको थियो । ओलीले व्यवसायीहरुको सोहि आग्रहलाई संकेत गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित