FLASH NEWS
  • Loading...

जीवन रक्षाकालागि सहयोगको अपिल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ – धर्ति आकाश नामक चलचित्र मार्फत स्पटब्वाईको रुपमा करियर सुरु गरि लाइट म्यान हुदै मेकअप आर्टिष्ट बनेका बरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन । बिगत चार दशक देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील उनले राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मन जस्ता सयौ चलचित्रमा काम गरिसकेका छन् ।
५३ वर्षका इन्द्रको बिगत ३ महिना देखि मिर्गौला सम्बन्धि समस्या आई शरीरको आधा भाग पक्षघात भएका कारण हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार गराईरहेका छन । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएका कारण उनले आफ्नो उपचारमा सहयोग गरिदिन नेपाली चलचित्र क्षेत्र र चलचित्र सम्बन्धि संघ संस्थालाई आग्रह गरेका छन ।
साथै उनको उपचारको लागि रकम जुटाउने उद्वेश्यका साथ नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) संगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी सुपुत्री माला लामा रंजितकारले यहि पुष २७ गते राजधानी ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु बनस्थली चोकमा च्यारिटेवल सांस्कृतिक कार्यक्रम आयोजना समेत गर्दैछन । आफ्ना पिताको जीवन रक्षाका लागि सबैले सहयोग गरी उक्त संस्कृतिक कार्यक्रममा सहभागी भईदिन सुपुत्री मालाले सबैलाई आग्रह गरेकी छिन । बिशेषगरी सिने क्षेत्रमा आफ्ना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राबिधिकहरुले सहयोग गरिदिनेमा पनि आशावादी भएको उनि बताउँछिन्  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित