FLASH NEWS
  • Loading...

सरकारी कागजात कीर्ते प्रकरणः सांसद सिलवाल माथि पक्राउ पुर्जी जारी, उनी भने देश वाहिर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १११ पटक पढिएको
सरकारी कागजात कीर्ते प्रकरणः सांसद सिलवाल माथि पक्राउ पुर्जी जारी, उनी भने देश वाहिर

काठमाडौँ, । केहि समय अघि पुर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको पक्षमा सर्वोच्च अदालत खुलेर उभिएको थियो । तर अहिले उनै सिलवालको कवच बनेर उभिएको न्यायिक निकायले नै सिलवाललाई पक्राउ पुर्जी जारी गरेको छ ।
त्यतिवेला काँग्रेस नेतृत्वको सरकारले रोलक्रमका आधारमा प्रहरी महानिरीक्षक पदमा वढुवा हुनुपर्ने सिलवालको सट्टा चौथो नंवरका जयवहादुर चन्दलाई नियुक्त गरेको थियो । उक्त नियुक्ति प्रति विमति जनाउँदै अदालतको ढोका ढकढकाउन पुगेका सिलवालकै पक्ष लिएकै आधारमा प्रधानन्यायाधीश शुसीला कार्की माथि महाभियोग समेत लगायो ।
चन्द र सिलवाल वीचको टकरावको वीचवाट फाइदा भने आइजिपीका अर्का दावेदार प्रकाश अर्याललाई पुग्यो । अन्ततः अर्याल प्रहरी महानिरीक्षकमा वढुवा भए ।
सिलवाल भने पदत्याग गरि राजनीतिक वृत्तमा लागे र
नेकपा एमाले को तर्फबाट ललितपुर क्षेत्र नं १ का सांसद पदमा निर्वाचित भए । अव वन्ने नयाँ सरकारको तर्फवाट सिलवालले गृहराज्य मन्त्री पाउलान् भन्ने वजार हल्ला चलिरहेको वेला उनीमाथि कीर्ते मुद्धा दायर भयो ।

सिलवाल विरुद्ध प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप लागेको छ । केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।

सिलवालमाथि हिजो पुष १८ गते नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सिलवाल भने एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेको एमालेले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित