FLASH NEWS
  • Loading...

ललितपुर एकान्तकुनाको सुजुकी ड्राइभिङ सेन्टर लागेको आगो निभ्यो, १ हजार पेट्रोल नष्ट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
ललितपुर एकान्तकुनाको सुजुकी ड्राइभिङ सेन्टर लागेको आगो निभ्यो, १ हजार पेट्रोल नष्ट

काठमाडौ,२७ कात्तिक । ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ । पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो ।

आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताए । आगोले एक हजार लिटर पेट्रोल नष्ट्र भएको उनले बताए ।पेट्रोल राखेको कोठा नजिकै शौचालय भएको र त्यहाँ चुरोटका ठुटा भेटिकाले चुरोटबाटै आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सोमबार बिहान नौ बजेतिर आगो लागे पनि यसको कारण भने खुलिसकेको छैन । आगो लाग्नासाथ निभाउन सकिएकालेसम्भावित क्षति भने रोक्न सफल भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित