- Loading...
राष्ट्रपति भण्डारी भोली चार दिने औपचारिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स जाने
- गोल्डेन खबर
- ७ साल अघि
- १०१ पटक पढिएको
काठमाडौ,२६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी भोली चार दिने औपचारिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने बताएको छ । अबुधावीका राजकुमार तथा युएई आम्र्ड फोर्सका उप सर्बोच्च कमाण्डर शेख मोहम्मद बिन जायेद अल नाहयानको निमन्त्रणामा राष्ट्रपतिको भ्रमणमा त्यसतर्फ जान लागेको बताइएको छ ।
भ्रमणको दौरानमा राष्ट्रपति भण्डारीले मंगलवार राजकुमार शेखसँग दुईपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पुगेको सन्दर्भमा राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।
राष्ट्रपतिको साथमा उनकी छोरी निशा कुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका विदेश मामिला विज्ञ डा. मदन कुमार भट्टराई, परराष्ट्रसचिव शंकर दास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र प्रसाद पौडेललगायत सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी विहीवार स्वदेश फर्किने कार्यक्रम छ ।