- Loading...
पाइपलाइन परियोजना निर्माणको स्थलगत निरीक्षण आजपनि
- गोल्डेन खबर
- ७ साल अघि
- ७७ पटक पढिएको
काठमाडौं, २५ कार्तिक । नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत निरीक्षण आजपनि गर्ने भएका छन् ।
परियोजनाको निरीक्षणका लागि अस्ति काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली हिजो नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
संयुक्त टोलीले निरीक्षणका क्रममा खास गरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने भन्ने सम्बन्धमा निरीक्षण गरेको उनले बताए । तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौँमा परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ ।
अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने बताइएको छ ।