FLASH NEWS
  • Loading...

डिएपी मलको अभाव, विकल्पमा एसएसपी मल वितरण

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail

कैलाली, २३ कात्तिक । हिउँदे बाली लगाउने बेला डिएपी मलको चर्को अभाव हुन थालेपछि साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीले कैलालीसहित सुदुरपश्चिममा एसएसपी मल बिक्री गरिरहेको छ ।

यसअघि प्रयोग गरिने डिएपीको माग अनुसारको आपूर्ति हुन नसकेपछि यस वर्षदेखि मलको अभाव हुन नदिन भारतको साई फर्टिलाइजर कम्पनी लिमिटेडबाट डिएपीको सट्टा एसएसपी र युरियाको सट्टा सिंगल सुपर सल्फ्रेट आयात गरिरहेको कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए । उनले कैलालीमा १३ हजार बोरा एसएसपी मल बिक्री गरिरहेको समेत बताए ।

बजारमा उपलब्ध डिएपी र युरिया मलमा क्याल्सियम र सल्फरको मात्राभन्दा एसएसपी मलमा यसको मात्रा पर्याप्त रहेको सहायक महाप्रबन्धक पाण्डेले उल्लेख गरे । एसएसपी मलको मूल्य प्रतिबोरा रु एक हजार रहेको छ भने सुपर सल्फ्रेट रु एक हजार ४७० रहेको छ ।

भर्खरै मात्र बजारमा ल्याइएको नयाँ ब्राण्डको मलको गुण तथा प्रयोग विधिबारे जानकारी पाउन बुधबार कैलाली र कञ्चनपुरका डिलर तथा किसानलाई भारतको साई फर्टिलाइजरका मार्केटिङ म्यानेजर विश्वरुप बोस र साल्ट ट्रेडिङका सल्लाहकार भगवान् खतिवडाले प्रशिक्षण दिए ।

नेपालमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको माग रहने गरेको भए पनि हाल वार्षिक तीन लाख मेट्रिक टन मात्रै आयात हुने गरेको छ । त्यसमध्ये साल्ट टे«डिङले वार्षिक एक लाख मेट्रिक टन रासायनिक मल अनुदान मूल्यमा बिक्री गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित