FLASH NEWS
  • Loading...

घाँस काट्ने क्रममा अरिंगालको टोकाइबाट एकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
घाँस काट्ने क्रममा अरिंगालको टोकाइबाट एकको मृत्यु

दार्चुला १४ कात्तिक । अरिंगालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा अरिंगाललले टोकेको प्रहरीले जनाएको छ । मृतक ठगुन्नालाई अरिंगालले टोक्ने बित्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ पठाइएको थियो ।

११ वर्षीया बालिका ठगुन्नाको मंगलबार पिथौरागढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घाँस काट्ने क्रममा उनीसँगै रहेकी उनकी आमा पार्वती ठगुन्नालाई पनि अरिंगालले टोकेको छ । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित