FLASH NEWS
  • Loading...

आर्थिक वर्ष २०७३÷७४ मा डेढलाख क्यूफिट काठ उत्पादन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९४ पटक पढिएको
आर्थिक वर्ष २०७३÷७४ मा डेढलाख क्यूफिट काठ उत्पादन

झापा, १४ कात्तिक । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख ४९ हजार ७४ क्यूफिट काठ उत्पादन भएको छ । सामुदायिक वनबाट एक लाख २३ हजार ४८४ तथा निजी वनबाट २५ हजार ५८९ क्यूफिट काठ उत्पादन भएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।

आव २०७२÷७३ मा तीन लाख ९१ हजार १६८ क्यूफिट काठ उत्पादन भएको थियो । सामुदायिक वनबाट एक लाख ४३ हजार ५३७ र निजी वनबाट एक लाख ७५ हजार ६३१ क्यूफिट काठ उत्पादन भएको थियो । जिल्लामा १५ हजार ६४९ ।८ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् भने ३९०।७३ हेक्टरमा ४०५ वटा निजी वन रहेका छन् ।

कार्यालयले जिल्लामा मागअनुसारको काठ आपूर्ति हुन नसकेको जनाएको छ । स्थानीय सामुदायिक र निजी वनमा वार्षिक औषत डेढ लाख क्यूफिट काठ उत्पादन भए पनि त्यो पर्याप्त नभएको उप्रेतीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित