FLASH NEWS
  • Loading...

माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

काठमाडौं – कात्तिक । माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ ।

यसअघि माओवादी नेताहरुले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने अभिव्यक्ति दिएका थिए । मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा पनि माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् । माओवादी प्रवक्ता पम्फा भुसालले चुनावमा केन्द्रित भएकाले सरकार छाड्ने कुरा गौण भएको बताइन् । ‘अहिलेको प्रमुख काम निर्वाचन हो । सरकार छाड्ने कुरा सहायक भइसक्यो,’ उनले भनिन् ।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए । त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिएको थियो । चुनावी तयारी गरिरहेका बेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सार्ने षडयन्त्र भइरहेको सूचना पाएको बताउँदै माओवादीले चुनाव सुनिश्चित नभएसम्म सरकारमै रहने घोषणा गरेको थियो । १० मंसिरमा निर्धारित चुनावको मनोनयन दर्ता भइसकेकाले अब चुनाव सर्ने आशंका हटिसकेको छ । तर, माओवादी सरकारबाट बाहिरिन अनिच्छुक देखिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित