FLASH NEWS
  • Loading...

बाबुरामले कांग्रेससँग चुनावी तालमेल गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
बाबुरामले कांग्रेससँग चुनावी तालमेल गर्ने

काठमाडौं, असोज वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन् ।

गोरखा २ मा सहयोग गर्ने आश्वासन पाएपछि भट्टराई कांग्रेससँग तालमेलका लागि तयार भएका हुन्।वाम गठबन्धनले उनलाई पहिले गोरखा २ मा स्थान दिने सहमति जनाएपछि भट्टराई एमालेको सूर्य चिह्नमा चुनाव लड्न तयार भएका थिए । तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ माओवादीले छाड्न नहुने र भट्टराईलाई सहयोग गर्न नहुने दबाव दिएपछि वाम गठबन्धनले उनलाई असहयोग गर्ने निर्णय गर्‍यो । त्यस लगत्तै भट्टराई गठबन्धनबाट बाहिरिएका हुन्।भट्टराई अब नयाँशक्ति नेपालकै आँखा चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्नेछन् । कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने र गोरखा १ मा नयाँ शक्तिले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको नयाँशक्तिका नेता गंगा श्रेष्ठले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित