FLASH NEWS
- Loading...
भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचन तोक्न आयोगको आग्रह
- गोल्डेन खबर
- ७ साल अघि
- ९४ पटक पढिएको
|Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica
प्रतिक्रिया दिनुहोस
|Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica
यसैगरी आयोगले आगामी असोज २ गते सम्पन्न हुने प्रदेश नं. २ का स्थानीय तहहरुको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले प्रदेश नं. २ का आठ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृतको रुपमा र रा.प. द्वितीय श्रेणीका न्याय सेवाका अधिकृतलाई न्याय सेवा आयोगको सिफारिसमा नियुक्ति गरिएको छ ।
बैठकले प्रशासन र शिक्षा सेवाका रा.प.द्वितीय श्रेणीका अधिकृतसमेत गरी जम्मा १३६ जनालाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी मुख्य÷निर्वाचन अधिकृतको रुपमा नियुक्ति गरिएको छ ।
यसैगरी आयोगले सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता÷संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ । साउन ३२ गतेसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता÷संकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले आगामी भदौ १ देखि ३ गतेसम्म सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता÷संकलन कार्यक्रम सञ्चालन हुने गरी तीन दिन समय बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।