FLASH NEWS
  • Loading...

सरकार विस्तार, यी हुन् नयाँ मन्त्री

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
सरकार विस्तार, यी हुन् नयाँ मन्त्री

काठमाडौं- साउन । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गरेका थिएनन् । कांग्रेसमा भागबण्डाको आधारमा मन्त्री बन्नेहरुको सूची टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । सरकारमा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट पनि मन्त्रीहरु समावेश हुँदैछन् । राप्रपासँग भने अझैसम्म कुरो मिलेको छैन । गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसको भोलिपल्टै कांंग्रेसबाट ३, माओवादीबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो ।

को को बन्दैछन् मन्त्री 

कांग्रेसबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने चर्चा छ । हाल कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रममन्त्री छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सीता नेपालीको चर्चा छ । माओवादीबाट हाल उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा छन् भने गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह छन् ।यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितलाई सरकारमा पठाउने तयारी गरेको छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि देव र दहित मन्त्री थिए । हाल सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संसदीय मामिला तथा स्थानीय विकास मन्त्री छन् । यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित