FLASH NEWS
  • Loading...

चुडामणिसहित तीन जनाविरुद्ध मुद्दा दायर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणका क्रममा अर्बौ रकम अपचलन गरेको अभियोगमा निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार ११ बजेपछि बिशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाले जानकारी गराए ।
अख्तियारको बिहीबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्द १० अर्ब ९६ करोड बिगो माग दावी गर्ने निर्णय भएको थियो ।
कर फस्र्यौट गर्ने क्रममा करिब २१ अर्ब रुपैयाँ भ्रष्टचार गरेको आरोपमा अख्तियारले बिभागका पदाधिकारीमाथि अनुसन्धान अघि बढाएको हो ।
अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको छ भने महत र ढकाल अझ सम्म सम्पर्कमा आउन सकेको छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित